9
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनबारे छलफल गर्न बैठक बोलाइएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा बन्दसत्रमा पेस हुने प्रतिवेदनका विषयमा केन्द्रीय सदस्यहरूबीच छलफल हुनेछ।
महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन हुँदैछ। बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्रीले विधान संशोधनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया