काठमाडाैं । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा सरकारले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गरेकाे छ ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक सदनमा पेश गर्नुभएको हो । सोमवारको बैठकमा सभामुखले उक्त विधेयक पस्तुत गर्न अनुमति माग्ने प्रश्तावलाई निर्णयार्थ पेश गर्नुभएको थियो ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनैपनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति प्रदान गर्नुभएको हो ।
विधेयक प्रश्तुत गर्दै मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ निष्क्रिय भएपछि उत्पन्न कानूनी शुन्यता अन्त्य गर्न यो विधेयक आवश्यक भएको बताउनुभयो । गत २०८३ वैशाख १९ मा जारी भएको उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ को व्यवस्थाबमोजिम निष्क्रिय बनेको थियो ।
मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएको मितिबाट सोभन्दा अघि कायम रहेको साविकको कानूनी व्यवस्थालाई पुनः सक्रिय र निरन्तरता दिन विधेयक अपरिहार्य रहेको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया