18
Shares
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
राप्रपा मकवानपुरको जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ नेतृत्व चयनसँगै जिल्ला संगठनलाई थप सुदृढ बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरिएको छ ।
श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमितिले आगामी दिनमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई स्थानीय तहसम्म थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पार्टीको संगठनलाई मजबुत बनाउँदै कार्यकर्ताबीच समन्वय र सक्रियता बढाउने तथा जिल्लाका समसामयिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया