चिलिमे हाइड्रोको सुरुङभित्र भेटिए तीन शव

10 Shares

काठमाडाैं । रसुवास्थित चिलिमे जविद्युत आयोजनाको पावर हाउसभित्र तीन वटा शव फेला परेका छन् ।

बाढीले पुरिएको सुरुङ सफाइ छिचोलिएपछि पावर हाउसमा तीन वटा शव फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

उक्त आयोजनाभित्र कर्मचारीहरु फसेको आशंकामा आयोजनाको सुरुङसम्म पुग्ने पहुँच मार्ग बनाएर सुरुङ सफाईको काम शुरु गरिएको थियो ।

नेपाली सेनाको कमाण्डमा सुरुङ विज्ञहरुलगायत दिनरात उक्त आयोजनामा खट्दै आएका छन् । आज विहान मात्रै उक्त आयोजनाको सुरुङ सफाइ सकिएको हो ।

पावरहाउसभित्र अरु पनि जिवित ब्यक्तिहरु वा शव फेला पर्न सक्ने संभावना रहेको उद्धारकर्मीहरुले बताएका छन् ।