12
Shares
काठमाडाैं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ।
बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँ तलामा रहेको मुद्दा फाँटमा आगो लागेको देखिएको हो। त्यसपछि आगोलाई नियन्त्रणमा लिइएको थियो। २० र २१ नम्बरको फाँटमा आगलागी भएको हो। सर्वोच्च प्रशासनले आगलागीका कारण तीन वटा कम्प्युटर जलेकाे जनाएकाे छ। कागजातहरू भने नजलेको जनाइएकाे छ।
बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रशासनले अनुमान गरेकाे हाे। यसअघि यहि भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सर्वोच्चको पूरानो भवनमा आगजनी भएको थियो।
आगजनी पछि सर्वोच्चको कामकारबाही नयाँ भवनमा सरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया