नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि ह्वात्तै बढ्याे

11 Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि ह्वात्तै बढेको छ।

बुधबार प्रतितोला ३ हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा ३ हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला ४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बिहीबार तोलामा ४ हजार ८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।