चिनियाँ ड्रोनबाट त्रिशूलीमा राहत ढुवानी सुरु, सडक नपुगेका ठाउँमा अब आकाशबाटै सहयोग

15 Shares

काठमाडौं । बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएका प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चीनले उपलब्ध गराएको अत्याधुनिक ड्रोन प्रयोगमा ल्याइएको छ ।

त्रिशूली क्षेत्रमा अहिले ड्रोनमार्फत राहत सामग्री ढुवानी सुरु गरिएको हो। स्थलमार्गबाट पुग्न कठिन तथा सडक सम्पर्क विच्छेद भएका स्थानमा खाद्यान्न तथा अत्यावश्यक सामग्री छिटो पुर्‍याउन ड्रोन प्रयोग गरिएको बताइएको छ ।

विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण भइरहेका बेला ठूलो क्षमताका ड्रोन प्रयोगमा आएपछि दुर्गम बस्तीमा राहत पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको छ ।

चीनबाट प्राप्त यी ड्रोनमध्ये एकले करिब ८० किलोसम्म सामग्री बोक्न सक्ने क्षमता रहेको बताइएको छ। अब विपद् प्रभावित क्षेत्रमा सडकको भर नपरी आवश्यकताअनुसार आकाशमार्गबाटै राहत सामग्री पुर्‍याउने अभियानलाई तीव्रता दिइने भएको छ ।