पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी

8 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा रहेको कटेजमा मध्यराति आगलागी भएको छ ।

पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा राति साढे १२ बजे आगलागी भएको प्रहरी वृत्त काँडाघारीले जनाएको छ ।

प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको छ ।आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी छ ।