7
Shares
काठमाडाैं । त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरू र उद्धार टोलीबीच दोहोरो संवाद भएको पुष्टि भएको छ।
पछिल्लो जानकारी अनुसार, सुरुङभित्र एक भन्दा बढी व्यक्तिको आवाज सुनिएको उद्धार टोलीले जनाएकाे हाे। उद्धारमा खटिएको टोलीलेभित्र फसेकाहरूलाई आश्वासन दिँदै भन्याे.- ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं भन्दा भित्रबाट हुन्छ भन्ने स्पष्ट प्रतिक्रिया प्राप्त भएको छ।’ जसले भित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि गरेको छ।
सांसद श्रीराम न्यौपानेले नेपाली सेना र सशस्त्र प्रहरीको टोली अहिले अत्यन्तै सावधानीपूर्वक र तीव्र गतिमा उद्धार कार्यलाई अगाडि बढाइरहेको बताउनुभयाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया