रसुवा बाढी अपडेट: मृतककाे संख्या १२ सय २२ पुग्याे

13 Shares

काठमाडौं । रसुवाकाे भोटेकोसी नदीमा आएकाे बाढीमा परी मृत्यु हुनेकाे संख्या १ हजार २ सय २२ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले जसमा ३४ बालक, ४३ बालिका, २ सय ३६ महिला, ४ सय ६ जना पुरुषको शव फेला परेको जनाएकाे हाे। ४ सय २१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २ सय २२ जना शव फेला परेको छ। हालसम्म ८ सय ८२ शव जमिनमुनि व्यवस्थापन गरिएको हाे।

नेपाल प्रहरीले हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको जनाएकाे छ। ५ सय ६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको हाे। जम्मा एक हजार ६ सय ५५ डीएनए संकलन गरिएको छ ।

बेपत्ताको संख्या ४ हजार ८ सय ७५ रहेको हाे । प्रहरीले यसमा विदेशीको संख्या ६ सय १ जना रहेकाे जनाएकाे छ।