काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ।
मंगलबार तोलामा एक हजार रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ५ हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार तोलामा चार हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बुधबार चार हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय १० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार एक सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया