सेयर बजारमा आज ६ अर्ब ८६ करोड रूपैयाँको काराेबार

13 Shares

काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव १३ अंक घटेको छ। याेसँगै बजार मापक २ हजार ६ सय विन्दुमा झरेको हाे। मौद्रिक नीतिपछि बजार लगातार ओरालो लागिरहेको छ । बजार घट्दा १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ ।

१ सय ३५ कम्पनीको सेयर मूल्य घटेको हाे । १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बजार घटे पनि कारोबार भने बढेको छ । बिहीबार पाँच अर्ब ननाघेको कारोबार शुक्रबार भने ६ अर्ब ८६ करोड पुगेको हाे ।

एक करोड ६ लाख ६० हजार कित्ता सेयर ५३ हजार ४ सय ३२ पटकमा किनबेच भएको छ । आत्मनिर्भर लघुवित्त, कुमारी इक्वटी फन्ट, कलंगा हाइड्रो, सनिगाड हाइड्रो र टक्सार पिखुवा खोला लगायत कम्पनीको सेयर मूल्य उच्च कमाउने शीर्ष स्थानमा रहेका हुन् । समूहगत सूचकतर्फ ६ वटा समूह बढेकाे र बाँकी समूह घटेकाे नेप्सेले जनाएकाे हाे।