काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हाे। राज्यको यस्तो गरिबमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकीर समेत गर्नुभयो ।
नेता शाहीले गरिव, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएता पनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दावी समेत गर्नुभएकाे छ। उहाँले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताउनुभयो । नेता शाहीले काठमाडौं शहर हुने खानेहरुको मात्रै हो भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न समेत गर्नुभएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया