काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा दुई हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
चाँदी बिहीबार तोलामा चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी शुक्रबार चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारकाे तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार एक सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया