एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३ सय जना नाघेकाे छ।
राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) ले भूकम्पमा परी ११ हजार भन्दा बढी घाइते भएकाे जनाएकाे हाे । उद्धारकर्मीहरूले हालसम्म ६ हजार ४ सय भन्दा बढी मानिसलाई जीवित उद्धार गरेका छन् । एजेन्सीहरूले हजारौं मानिस घरबारविहीन भएको र उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको बताएका हुन् ।
भूकम्प गएको करिब आठ दिनपछि पनि मानिसहरु जीवित भेटिने आशा कायमै रहेको हो । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि १ लाख मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ। युएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको हो । याेसँगै भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गहिरिएको युएनएचसीआरले जनाएकाे छ ।
युएनएचसीआरले सबै भन्दा बढी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । राष्ट्रसंघले भूकम्पका कारण अस्पताल, ४ सय भन्दा बढी विद्यालय, खानेपानी सञ्जालका संरचना तथा एक हजार बढी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका हुन् ।
अस्थायी शिविरमा बसोबास गरिरहेका प्रभावित नागरिकबीच सरुवा रोग तथा अन्य स्वास्थ्य समस्या फैलिन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया