सार्वजनिक खरिदसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

15 Shares

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित गरिएको छ ।

बिहीबार (असार १८) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित गरिएको हो ।

त्यसअघि, बैठकमा विधेयकका संशोधनमाथि छलफल भई निर्णयार्थ प्रस्तुत गरिएको थियो । संसद् अधिवेशन नचलेका समयमा सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक संसद्‌बाट पारित गरिएको हो ।