प्रतिनिधि सभाको बैठक आज बस्दै (सम्भावित-कार्यसूचीसहित)

15 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ।

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय भएको छ । संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले प्रधानमन्त्री बालेन्द्र शाहकोतर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गर्नुहुने भएकाे हाे ।

त्यस्तै, प्रधानमन्त्री शाहकोतर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हाे ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे हाे । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।

महासचिव पाण्डेयले बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने र निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेकाे बताउनभयाे । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्, निर्णयार्थ प्रस्तुत हुने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने भएकाे हाे ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सचिवालयले जनाएकाे छ ।