काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
संसद सचिवालयले शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएकोमा फेरि सूचना टाँस गरेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएकाे हो। सचिवालयले शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने जानकारी गराएकाे छ।
प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको सचिवालयले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया