12
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित ५ जना निर्वाचित भएका छन्।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कर्णाली प्रदेशतर्फ बादीले सर्वाधिक १ हजार ८ सय १३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे हाे । त्यसपछि विनिता कठायतले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएकाे हाे। त्यसैगरी टासी ल्हाङ्गजो १ हजार १ सय ८५, मेनुका शाह ८ सय २२ र प्रकाश न्यौपाने ६ सय ३४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
आयोगले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकाे मतपरिणाम सार्वजनिक गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया