काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आइतबार पनि जारी रहने भएकाे छ ।
पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम शनिबार ३७ जिल्लाको अधिवेशन सम्पन्न भएको हाे । आइतबार भने २९ जिल्लाको अधिवेशन हुँदैछ । तालिका अनुसार शनिबार कोशी प्रदेशका ८, मधेशका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन भएको छ ।
त्यस्तै, आइतबार कोशीका ४, मधेशका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपशिचका ६ जिल्लामा अधिवेशन हुने भएकाे हाे । बारा जिल्लाको अधिवेशन भने यहि जेठ २६ गते हुने भएकाे छ । बाँकी १० जिल्लाको अधिवेशनभने राष्ट्रिय महाधिवेशन पश्चात हुने रास्वपाले जनाएकाे हाे ।
रास्वपाका संघीय सांसदहरूले पार्टीको केन्द्रीय तहबाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेदवारी दिन पाउने छैनन् । पार्टीले जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन एवम् जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो ।
जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने कार्य तालिका उल्लेख गरिएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया