काठमाडौं, जेठ २३ — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५११ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १९३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६६ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १६७ जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ४२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १६५ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १५६ जना, एकतर्फी सडकमा सवारी चलाउने १६८ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२५ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा कारबाही अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया