खुला आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्तिबाट नै एमालेलाई बलियो बनाउन सकिने: महासचिव पोखरेल

15 Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासनबाट नै पार्टी सामू देखिएका चुनौतीको सामना गर्न सकिने बताउनुभएकाे छ।

महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्ने धारणा राख्नुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ,-‘पार्टीका सामु चुनौती छन् । तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ। त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ । तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’

निर्वाचन परिणामपछि एमालेभित्र पार्टी पुनर्गठनको बहस पेचिलो बनिरहेको छ। सचिवालय बैठकले यस सम्बन्धी कार्ययोजनाको सुझाव तयार पार्ने गरी कार्यदल समेत बनाएको हाे। महासचिव पोखरेल पछिल्लो समय पार्टी पुनर्गठनकै कित्तामा उभिनुभएकाे छ।