दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर: मोदी

13 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा अध्यक्ष लामिछानेसँगको फोटो सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ।’

उनले नेपाल र भारतको साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने अध्यक्ष लामिछानेको इच्छालाई स्वागत गर्ने बताएका छन् । दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहको उनले बताएका छन् ।

rabi-modi-2.jpg