कम्युनिस्ट आन्दोलनले इतिहासकै सबै भन्दा गम्भीर धक्का र पराजय व्यहोरेको उपाध्यक्ष पौडेलकाे स्वीकार

12 Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबै भन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उहाँले साेही आन्दोलनले ठूलो क्षति भोगेको बताउनुभएको हो । उपाध्यक्ष पौडेलले २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबै भन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले गत भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ गतेको निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गर्नुभएकाे छ । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

आगामी कार्यदिशाकाे बारेमा प्रष्ट पार्दै उहाँले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएकाे छ ।… उपाध्यक्ष पौडेलले जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।