काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनावद्ध रुपमा नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभएको छ ।
काठमाडाैंमा शुक्रबार राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतिको पहिचान गर्नुपर्ने उल्लेख गर्नुभयाे । राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो व्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य पनि स्पष्ट पार्नुभएकाे छ।
राष्ट्रपति पौडेलले मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउने तर्फ सरकार, नीति निर्माता, योजनाविद तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी पनि बताउनुभयो । कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएकाे छ।
राष्ट्रपति पौडेलले विदेशबाट फर्किएका युवाहरुलाई उनीहरुले सीप प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया