काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
अर्थमन्त्री वाग्लेले आगामी जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारले बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया