काठमाडौं । केही बेरअघि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् ।
बैठक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदलाई बोल्न समय दिएका थिए। त्यसक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले नियमापत्ति गर्दै रास्वपा सांसदले केहीबेरअघि गरेको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
सांसद मल्लले सांसद खरेलले बोलेको अभिव्यक्ति असंसदीय भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
यसअघि सांसद खरेलले विपक्षी दलले गरेको विरोधलाई ‘तमासा’ भनेपछि कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ आक्रोशित बनेका थिए ।
संसद्मा निरन्तर तनावपूर्ण स्थिति बनेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया