41
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको रकम भुक्तानी तत्काल गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकमा बाेल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । हालसम्म उखु मिलले किसानलाई भुक्तानी नदिएको बताउनुभयाे । उहाँले भन्नुभयाे,- ‘चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि पाएका छैनन् । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारको अनुदान पनि चाँडै प्राप्त होस् ।’
सांसद सिंहले धान रोपाइँको समयमा पर्याप्त मलको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया