काठमाडौं । एमआरआरद्वारा कास्की जिल्लाको मादी गाउँपालिका–११, सैमराङमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शिविर सञ्चालनका क्रममा प्राविधिक सहयोग प्रदान गर्ने शाही क्लिनिक एण्ड प्याथोलोजी सर्भिस, औषधि सौजन्य उपलब्ध गराउने स्टार मेडिको फार्मा तथा रिभान फार्मेसीप्रति एमआरआरले आभार व्यक्त गरेको छ ।
त्यस्तै, स्थान तथा आवश्यक व्यवस्थापनमा सहयोग पुर्याउने मादी गाउँपालिका वडा नं. ११, फिजिसियन डाक्टर शरदचन्द्र बरालसहित सम्पूर्ण मेडिकल टिम तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण एमआरआर परिवारप्रति पनि संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।
एमआरआरले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया