कोशी सरकारको नेतृत्व अब कांग्रेसले गर्छ : विश्वप्रकाश शर्मा
38
Shares
काठमाडौं । नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने बताएका छन् ।
शुक्रबार सुनसरीको लौकी मा आयोजित कार्यक्रममा बोल्दै उनले अब कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने संकेत गरेका हुन् ।
‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै नै गर्नेछ । अहिले यसबारेमा म धेरै बोल्न चाहन्न,’ उनले भने, ‘तर यति चाहिँ नेपाली भाषामा सबैले प्रष्ट बुझ्नेगरी भन्न चाहन्छु– अब कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।’
उपसभापति शर्माले नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिने दाबी पनि गरे । उनले आगामी नेतृत्वले प्रदेश सरकारलाई प्रभावकारी र जनमुखी बनाउने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया