संसद्को अंग हो कि छुट्टै टापुको सम्राट ? प्रधानमन्त्रीमाथि अर्जुननरसिंह केसीको प्रश्न

45 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सांसद अर्जुननरसिंह केसी ले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंगजस्तो अनुभूति नभएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसद्को अंग हो कि होइन भन्ने प्रश्नसमेत उठाए । प्रधानमन्त्री शाह मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको उनको टिप्पणी थियो ।

‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसद्को अंग हो कि होइन ? सभामुखजी मैले चाहिँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अंग हो ?’ केसीले भने ।

विपद् व्यवस्थापनजस्तो गम्भीर विषयमा सरकार संवेदनशील हुनुपर्ने बेला गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै उनले आपत्ति जनाए ।

उनले विगतका बेथितिबाट मात्रै सुधार सम्भव नहुने उल्लेख गर्दै स्पष्ट कार्ययोजना र अवधारणासहित अघि बढ्नुपर्ने धारणा राखे ।

‘हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्न सक्छौं,’ उनले भने ।