18
Shares
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पाटीटार चोकबाट प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।
सोक्सोम दोर्जे लामाले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ६ गते उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पाटीटार क्षेत्रबाट कालो रंगको इनामेल लगाइएको “MARK-2 G.S.R.991” लेखिएको एयर गन एक थान बरामद गरिएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखालका २६ वर्षीय सोक्सोम दोर्जे लामा रहेका छन् । उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया