दुर्गा प्रसाईँ पक्राउ प्रकरण: सर्वोच्चद्वारा सरकारसँग लिखित कारण माग

18 Shares

काठमाडौं । दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।

प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले पक्राउ गर्नुको आधार र कारण लिखित रूपमा पेस गर्न आदेश दिएको हो ।

इजलासले साथै महान्यायाधिवक्ताको कार्यालयलाई प्रसाईँमाथि भइरहेको अनुसन्धानसँग सम्बन्धित फाइल पनि अदालतमा पेस गर्न निर्देशन दिएको छ ।

प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो । उनी त्यहाँ आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए ।