फेसबुक पोष्ट राखेको केही बेरमै मृत भेटिए बैंकर खड्का

14 Shares

विराटनगर । सिनियर अफिसरको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको केही समयपछि ग्लोबल आइएमइ बैंक विराटनगर शाखामा कार्यरत पिताम्बर खड्का मृत भेटिएका छन् ।

झापाको दमक नगरपालिका वडा नं ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का घरमै मृत भेटिएका हुन् ।

उनले मृत्यु हुनुअघि सोही बैकका सिनियर बैंकरहरूको तस्बिर राखेर ‘तिमीहरुले मलाई मारेका छौ’ लेखेका छन् । उनले लेखेका छन्, ‘यु बास्टर्ड किल मी ।’

पिताम्बरले पाेष्टमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेललगायत अन्य केही सिनियरको नाम उल्लेख गरेका छन् ।

खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनी त्यसपछि विराटनगर शाखामा सरुवा भएका थिए ।

खड्का हिजो साँझ ५ बजेतिर मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकका बुबा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताएको छ ।