एजेन्सी । अफ्रकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमण फैलिदै जाँदा नियनत्रणका चुनौती थपिएको छ ।
संक्रमणका कारण अहिलेसम्म करिब १ सय जनाको मृत्यु हुनुका साथै ३ सय ९० भन्दा बढीमा संक्रमणको आशंका गरिएको हाे । यो संक्रमण महामारीकाे रुपमा छिमेकी देश युगान्डामा समेत फैलिसकेको छ । जहाँ एक जनाको मृत्यु भएको पुष्टि भएको हाे । महामारी तीव्र गतिमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय आपत्कालकाे घोषणा समेत गरेको छ ।
‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको इबोलाविरुद्ध हालसम्म कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन । संक्रमण रोक्न सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन र विशेष गरी मृतकको अन्त्येष्टि गर्दा उच्च शतर्कता अपनाउन अपील गरिएको छ । कंगोमा सक्रमित मध्ये कम्तिमा ६ जना अमेरिकी नागरिक रहेको र जसमध्ये एक जना चिकित्सक रहेका हुन्छ।
उनीहरुलाई थप उपचारको लागि जर्मनी र अमेरिका लैजाने प्रयास भईरहेको जनाइएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया