भारतमा पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर ३ रूपैयाँले बढ्याे, अझै बढ्न सक्ने

14 Shares

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढेकाे छ ।

साेही मूल्यबढेसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७ दशमलव ७७ भारतीय रुपैयाँ पुगेको हाे । त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७ दशमलव ६७ रुपैयाँबाट बढेर ९० दशमलव ६७ रुपैयाँ भारु पुगेको छ । यो नयाँ दर शुक्रबारदेखि लागू भएको हाे ।

मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा आएको उतारचढावलाई मानिएको छ । इरान र अमेरिकाबिचको तनाव बढ्नुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारीमा थियो । जुन अहिले बढेर १ सय डलर पार गरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि तेल कम्पनीहरू ठूलो दबाबमा परेका छन् । कम्पनीहरूले आफ्नो घाटा पूर्ति गर्न मूल्यवृद्धिको कदम चालेका हुन् । यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहिरह्यो भने आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएकाे छ।