कांग्रेसको संस्थापन इतर समूहको बागमती प्रदेशस्तरीय भेला आज काठमाडौंमा

122 Shares

नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ।

भेला कार्की ब्यांक्वेट, बबरमहलमा दिउँसो १ बजेदेखि सुरू हुने एक नेताले जानकारी दिएका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले उक्त भेला आयोजना गर्न लागेको हो। यसअघि नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा वैशाख २३ गते बसेको बैठकले बागमती प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको थियो।

नेताहरूका अनुसार पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित प्रदेशस्तरीय भेला आयोजना गर्न लागिएको हो। यसअघि यही समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ।