एस जयशंकर लाई नेपालको भ्रमण निम्तो

24 Shares

काठमाडौं । नेपाल सरकारले एस जयशंकर लाई नेपाल भ्रमणको निम्तो दिएको भारतीय विदेश मन्त्रालय ले जनाएको छ ।

मंगलबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल सँग भएको भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिनुभयो ।

प्रवक्ता जैसवालले भन्नुभयो, “हाम्रा विदेशमन्त्रीको नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो । उहाँहरूबीच मौरिससमा भेटवार्ता भएको थियो । विदेशमन्त्रीलाई नेपालको तर्फबाट निम्तो आएको थियो ।”

यद्यपि भ्रमणको मिति भने अझै तय नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार दुई देशबीचको आपसी समझदारीमा भ्रमणको मिति निर्धारण हुनेछ ।

भारतीय विदेश सचिवको नेपाल भ्रमण किन रोकियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता जैसवालले नेपाल–भारत सम्बन्ध बहुआयामिक र पारिवारिक प्रकृतिको रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो । हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभएको छ । दुई देशबीचको सम्बन्ध पुरानो र पारिवारिक किसिमको छ, यसलाई अझ बलियो बनाउँदै लैजान्छौँ ।”