कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने

11 Shares

काठमाडौं । कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने बताइएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।

यसअघि पनि कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने भन्दै पटक पटक नीति तथा कार्यक्रममा उल्लेख हुँदै आएको छ ।

कारागारमा अहिले पनि क्षमता भन्दा दोब्बर कैदीबन्दी हुने, झडप हुने, कारागार बसेर छुटेपछि फेरि विभिन्न अपराधमा संलग्न हुने क्रम समेत भेटिँदै आएको छ ।