काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वकाे सरकारकाे कार्यशैलीप्रति कटाक्ष गर्नुभएकाे छ।
महासचिव पोखरेलले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै यस्ताे कटाक्ष गर्नुभएकाे हाे । उहाँले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको समेत दावी गर्नुभएकाे छ ।विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको स्मरण गराउनुभयाे।
सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएकाे बताउदै यउहाँले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने महासचिव पोखरेलकाे तर्क छ। यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्याउने खतरा रहने उहाँकाे भनाइ थियाे ।
विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएकाे महासचिव पोखरेलले बताउनुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया