नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्यो

41 Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ।

महासंघका अनुसार बिहीबार तोलामा रु १ हजार ८ सयले बढेको सुनको मूल्य शुक्रबार थप रु १ हजार ३ सयले बढ्दै प्रतितोला रु २ लाख ९९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला रु २ लाख ९८ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार प्रतितोला रु ५ हजार १ सय ५५ मा कारोबार भएको चाँदी शुक्रबार रु ५ हजार २ सय ७५ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला रु १ सय २० ले बढी हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।