डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

11 Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम ३३औँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको नयाँ प्रधानन्यायाधीश बन्नेछन् ।