प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सुरु

13 Shares

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहको आव्हानमा आज संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ ।

नयाँ प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गर्न आज बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

जसमा ६ सदस्यीय संवैधानिक परिषद् बैठकको गणपूरक संख्या चार र निर्णयका लागि ३ जनाको बहुमत भए पुग्ने व्यवस्था गरिएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी शाह सहभागी छन्।