काठमाडाैं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित गरी सरकारले आगामी बजेट ल्याउनुपर्ने बताउनुभयो । आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार गर्नुपर्नेमा जाेड दिनुपर्नेमा जाेड दिनुभएकाे छ । आन्तरिक उत्पादनलाई विदेशी वस्तुसँग प्रतिस्पर्धात्मक बनाउन अप्रत्यक्ष कर, विशेषगरी अन्तःशुल्क र भन्सार दरहरूमा पुनरावलोकन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पूर्वअर्थमन्त्री खनालले बजेटको आकारका सम्बन्धमा अघिल्ला सरकारहरूले जस्तो ‘लोकप्रिय’ बन्नका लागि कार्यान्वयन गर्न नसकिने ठूलो आकारको बजेट ल्याउन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । उहाँले रास्वपाको वाचापत्रमा राखिएका ७ प्रतिशतको आर्थिक वृद्धि, ५ वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने, गरिबी १० प्रतिशतमा झार्ने र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने कार्य पुरा गर्न सरकारले निजी क्षेत्रलाई सँगै लिएर हिड्नुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया