नवनिर्वाचित सभामुख अर्यालद्वारा प्रतिनिधिसभा बैठक सुरु

166 Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराएका छन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुख पदका लागि अर्याललाई अगाडि बढाएको थियो। उक्त पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध रूपमा सभामुख चयन भएका हुन्।