काठमाडौं। नेकपा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने भएको छ। संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो धारणा राखेको हो।
बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरूसँग कुरा गर्दै विधिको शासनभित्र कानुनको पालना गर्ने विषयमा कुनै विवाद नरहेको तर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए। उनले जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमाथि प्रश्न उठ्छ, त्यसलाई गम्भीर रूपमा लिँदै आवाज उठाउने स्पष्ट पारे।
उनले संविधानले दिएका नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार तथा समानताको हकको सही प्रयोग सुनिश्चित गर्न सरकारलाई खबरदारी गरिने बताए। साथै, सरकारले यी अधिकारहरूमा कुनै प्रकारको अवरोध सिर्जना गरेमा एमालेले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया