सरकारी कार्यालय समय ९ देखि ५, शनिबार–आइतबार बिदा लागू

146 Shares

काठमाडौं। सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयमा उक्त समय लागू गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार यो व्यवस्था शैक्षिक संस्थाबाहेकका कार्यालयमा मात्र लागू हुनेछ।

यससँगै सरकारले भोलि (चैत २३) देखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण यस्तो निर्णय गरिएको सरकारको भनाइ छ।