रविले भने– डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद

114 Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ। रास्वपा सभापति रवि लामिछाने ले अर्याललाई सभामुख बनाउने प्रस्ताव पेस गरेका हुन्।

सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दललाई धन्यवाद दिए। उनले भने, “यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद।” रविको प्रस्तावमा डा. स्वर्णिम वाग्ले ले समर्थन जनाएका छन्।

गत शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आजको प्रतिनिधिसभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।