अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार सक्रिय: परराष्ट्रमन्त्री खनाल

136 Shares

काठमाडौं — शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार सक्रिय रहेको बताएका छन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने सरकारको नीति रहेको उल्लेख गरे।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि समुदायसँग सहकार्य गर्दै प्रहरीले काम गरिरहेको बताए।

त्यसैगरी प्रकाश अधिकारीले टोखा नगरपालिकामा देखिएको खानेपानी समस्या समाधानका लागि सरकारको सहयोग आवश्यक रहेको बताए।

नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा र अपेक्षा पूरा गर्न सरकार थप जिम्मेवार हुनुपर्ने सुझाव दिइन्।