काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीलाई लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न निर्देशन दिनुभएको छ।
शुक्रबार भन्सार कार्यालयको निरीक्षणका क्रममा उहाँले लक्ष्यअनुसार राजस्व उठाउन दबाब भए पनि संवादमार्फत लक्ष्यभन्दा बढी संकलन गर्नुपर्ने बताउनुभयो।
मन्त्री वाग्लेले राम्रो काम गर्ने कर्मचारीलाई प्रशंसा र पुरस्कार तथा कमजोर काम गर्नेलाई हतोत्साहित गर्ने नीति अपनाइने उल्लेख गर्नुभयो।
उहाँले बदमासी गर्नेविरुद्ध राज्य निर्मम रूपमा अघि बढ्ने चेतावनी दिँदै बदलिँदो समयअनुसार काम गर्ने शैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
साथै, सेवा प्रवाहमा नागरिकले नयाँ अनुभव महसुस गर्नेगरी सुधार आवश्यक रहेको पनि उहाँले औंल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया